बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे फाइनल प्रवेशका लागि बिहीबार (भाेलि) बिहान अफगानस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।
यी दुई टाेलीबीचकाे पहिलाे सेमिफाइनल खेल नेपाली समयअनसार बिहान ६ : १५ बजेबाट सुरु हुनेछ। यी दुवै टाेली टी- २० विश्वकपमा पहिलाेपटक फाइनल पुग्ने तयारीमा छन्।
दक्षिण अफ्रिका सुपर-एटमा समूह- २काे विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे। उसले सुपर-एटमा इङ्ल्याण्ड, आयाेजक वेस्ट इन्डिज र सह-आयाेजक अमेरिकालाई पराजित गरेकाे थियाे।
दक्षिण अफ्रिका जारी विश्वकपकाे अपराजित टाेली पनि हाे।
त्यस्तै अफगानस्तान सुपर-एटमा सूमह- १काे उपविजेता हुँदै सेमिफाइनलमा पुगेकाे हाे। अफगानस्तानले सुपर-एटमा अस्ट्रेलिया र बङ्गलादेशविरुद्ध विजयी भएकाे थियाे। भने, भारतसँग पराजित भएकाे थियाे।
अफगानस्तानले पहिलाेपटक विश्वकपकाे एतिहासिक सेमिफाइनल खेल खेल्दैछ।
त्यस्तै विश्वकपकाे दाेस्राे सेमिफाइनल खेलमा बिहीबार (भाेलि) साँझ नै भारत र इङ्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। याे खेल साँझ ८: १५ बाट सुरु हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया