बिएल संवाददाता
‘छ्या कति कपाल झरेको’ यो अधिकांश महिलाको मुखमा झुडिनी शब्दा हो। बहिर वा अफिसमा जाँदा कपाल कोर्नु दैनिकी काम हो।
तर, कपाल झर्ने समस्या नौलो होइन। यो अहिले हामीमध्ये अधिकांश व्यक्तिको समस्या हो।
अलिअलि कपाल झर्नु चिन्ताजनक होइन। तर केहीमा कपाल झनै समस्या यति व्यापक हुन्छ कि तालु खुइले भइने स्थिति आउँछ। कपाल झरेर चिन्तित हुनु भन्दा यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्छ।
कहिलेकाहीँ पोषणको अभावका कारण कपाल झर्न थाल्छ। यस्तोमा कपाल झर्न नदिन कपालको पोषणका लागि आवश्यक खानेकुरा खानु पर्छ। कपालका लागि बायोटिन ‘बी’ सेभेन भिटामिन निकै जरुरी छ। यो भिटामिनले कपाललाई भित्रैदेखि बलियो बनाइराख्छ र झर्नबाट बचाउँछ।
अन्डामा धेरै मात्रामा बायोटिन पाइन्छ। यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ। कपाललाई चम्किलो पनि बनाउँछ। मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो। यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ।
सखरखन्डा पनि कपालको स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो। यसमा बायोटिन र बिटा क्यारोटिन हुन्छ। यी दुवै भिटामिन ‘ए’ मा परिणत हुन्छन्। भिटामिन ए कपालको विकासका लागि जरुरी तत्व हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया