बिएल संवाददाता
सुन्दर बन्न सबैलाई चाहना हुन्छ। चय महिला होस या पुरुष। अहिले ठाउँ नै पिच्छी व्युटी पालर भेटिन्छन्। पालर मात्रै नभएर क्लनिकहरुमा पनि पालरसम्बन्धी नै काम गरिन्छ।
अनुहारलाई सुन्दर बनाउनुलाई फेसियलको आवश्यकता हुन्छ। मृतकोशिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ।
धूलो, धूवाँका कारण छाला रुखो, सुख्खा भएर अनुहारको प्राकृतिक चमक हराएर जान्छ। साथै अनुहारमा दाग–धब्बा, ब््ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ। फेसियलले छालाको गहिराइबाट सफा गर्ने र छालालाई निखार्ने काम गर्छ।
आफ्नो छालाअनुसार कस्तो प्रकारको फेसियल गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यो अनुहारको मसाज गर्ने एक विधि हो, जुन शारीरिक मानसिक रूपमा आराम गर्नेसँग सम्बन्धित छ। त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो सलुनमा गराउँदाको फाइदा दोब्बर हुन्छ।फेसियलको प्रकार
फेसियल विभिन्न प्रकारका हुन्छन्। फेसियल छालाको समस्या कस्तो छ त्यहीअनुरूप गरिन्छ। सबैजनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ।
पछिल्लो समय धेरैजसोमा महिलाहरुमा चायाँपोतोको समस्या छ। छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ। चिल्लो छाला भएकाहरूमा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छन्। यस्ता छाला भएकाहरूलाई त्यही किसिमको सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ। ताजा फलफूलमा एन्जाइम, एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ ले छालामा भएका दाग–धब्बा हटाएर अनुहारलाई चम्किलो बनाउँछ।
फेसियल किन गर्ने ?
फेसियल हरेक २१ दिनमा गर्नुपर्छ। २० वर्ष कटेपछि जोकोहीलाई फेसियल आवश्यक हुन्छ। यो एक योग नै हो। छालालाई बिग्रनबाट बचाउन नियमित फेसियल गराउनुपर्छ। छाला बिग्रिसकेपछि उपचार गराउन गाह्रो हुन्छ। त्यसैले समस्या भइसकेपछि उपचार गराउनुको सट्टा अगाडि नै छालाको हेरचाह गर्नुपर्छ।
नियमित फेसियल गर्दा जवान देखाउँछ। यसले अनुहारको छालामा रक्त प्रवाह बढाउँछ जसकारण अनुहारको चाउरीपन कम गर्छ। फेसियलले छालालाई नरम बनाइराख्छ।
त्यस्तै, यसले अनुहार गोरो देखाउँछ। अनुहारको छालामा भएको ह्वाइट र ब्ल्याक हेड्स हटाउँछ। फेसियलले छालालाई गहिराइबाट सफा गर्ने भएकाले छालालाई हाइड्रेट राख्नुका साथै छालालाई पोषण प्रदान गरेर स्वस्थ राख्छ।
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया