बिएल संवाददाता
इजरायल जाने कामदारहरुकाे लागि पासपाेर्टका सन्दर्भमा उत्पन्न द्विविधाबारे वैदेशिक राेजगार विभागले स्पष्ट पारेकाे छ।
यसअघि प्रकाशित कामदार मागकाे आवेदन आव्हानमा ‘पासपाेर्टकाे म्याद कम्तिमा तीन वर्ष हुनुपर्ने’ उल्लेख गरिएकाे थियाे। त्यसयता यस सन्दर्भमा द्विविधा उत्पन्न भएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेर यसबारे प्रस्ट्याएकाे छ।
विभागकाअनुसार इम्प्लेमेसन प्राेटाेकलमा पासपाेर्टकाे म्याद सकिन कम्तिमा तीन वर्ष बाँकी हुनुपर्ने व्यवस्था रहेकाे छ। ‘तसर्थ, पछि इजरायलबाट नाम-चेक गर्ने समयमा कम्तिमा १ वर्ष म्याद भएकाे पासपाेर्ट मात्रै स्वीकार गरिने हुँदा हाललाई प्रणालीमा कम्तिमा पनि १ वर्ष २ महिना अर्थात् १४ महिना म्याद बाँकी रहेकाे पासपाेर्टलाई आवेदन प्रयाेजनका लागि अनुमति दिइएकाे व्यहाेरा सरकारवालाकाे जानकारीका लागि याे सूचना जारी गरिएकाे छ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा ८ सयजना सहायक कामदारहरुकाे आवेदन खुला गरेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया