बुधबार, १७ सेप्टेम्बर २०२५

ओलीकाे सचिवालयले भन्याे- मन्त्रीहरुलाई बालकाेट बाेलाएकाे खबर सत्य हाेइन

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर, मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ’, सचिवालयले भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताका लागि मात्र सरकारमा जाँदैनाैँ, देशको मुद्धा मिलेमा जान सकिन्छ: काँग्रेस

‘सत्ताका लागि मात्र काँग्रेस सरकारमा जाँदैन। देशको मुद्धा मिलेमा र दीर्घकालीन रुपमा सरकार चलाउन सकिने भएमा काँग्रेसले सरकार बनाउने विषयमा सोच्न सक्छ’, महतले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका सबै मन्त्रीलाई ओलीले बोलाए बालकोट, के सत्ता समीकरण फेरिन लागेकाे हाे?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका सबै मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन्। सत्ता समीकरण फेरिने चर्चाबीच अध्यक्ष ओलीले मन्त्रीहरूलाई साँझ ६ बजे बालकोट बोलाएका हुन्। यद्यपि बालकोट बालकाेट बाेलाउनुकाे कारण थाहा नभएको एक मन्त्रीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ- ओलीसँगको भेटवार्ता सकारात्मक छ

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ गर्दै यस्ताे बताएका हुन्। उनले एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेकाे देउवाकाे भनाइ उद्धृत बैठकमा सहभागी एक पदाधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार परिवर्तनकाे कुरा हल्लामात्रै हाे, गम्भीरतापूर्वक लिनु पर्दैन: गृहमन्त्री लामिछाने

‘त्यस्ताे छैन, हल्लामात्रै हाे। म पनि सरकारमै छु, त्यस्ताे केही पनि छैन’, लामिछानले भने, ‘मेराे भर्खरै दुईजना नेतासँग पनि कुराकानी भयाे। त्यस्ताे केही पनि हाेइन।’ उनले कहिलेकाहीँ सरकार सञ्चालनका विभिन्न प्रक्रियाहरुमा असमझदारी हुने र नेताहरुबीच भेटघाट हुने कुरा सामान्य रहेकाे बताए। यसलाई गम्भीरतापूर्व लिनुनपर्ने उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसले भन्यो- सत्ता परिवर्वतनबारे कुरै भएको छैन

काँग्रेस नेता मीन विश्वकर्माले आफ्ना सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा सत्ता समीकरणबारेमा कुरा नभएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

याे वर्ष प्रधानमन्त्री बन्छु जस्ताे लाग्दैन: ओली

साेमबार संसद भवनमा पत्रकारहरुसँगकाे कुराकानीमा ओलीले याे वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेकाे बताएका हुन्। ‘तपाईं प्रधानमन्त्री हुँदै हुनुहुन्छ रे, कहिले लिनुहुन्छ सथप?’ भन्नेमा ओलीले भने, ‘याे वर्ष प्रधानमन्त्री हुन्छ जस्ताे लाग्दैन मलाई।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली प्रधानमन्त्री बन्ने हल्लाबीच एमाले प्रवेश गरे काँग्रेस नेता जितेन्द्रनारायण

पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्र्याएका हुन्। पछिल्ला समय काँग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेकाे चर्चा छ। ओली प्रधानमन्त्री बन्ने हल्लाबीच देव एमाले प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भुटानी शरणार्थी प्रकरणकाे फाइल खुल्न थालेपछि काँग्रेस आत्तिएकाे हाे, सत्ता समीकरणमा समस्या छैन’

पछिल्लाे समय नक्कली भुटानी शरणार्थी प्रकरणकाे नयाँ ढङ्गले फाइल खुल्दैछ, त्यसले एउटा तरङ्ग फैदा गरेकाे हाे। त्यसमा काँग्रेस आत्तिएकाे देखिन्छ। याे भनेकाे वस्तुगत परिस्थितिले पैदा गरेकाे तरङ्ग हाे। त्यसलाई उचित व्यवस्थापन गरिन्छ। सत्ता समीकरणकाे विषयमा यसले कुनै प्रभाव पार्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्छ: राजेन्द्र राई

पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन्। त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन्। आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश दाहालकाे स्मृतिमा खुला ‘राष्ट्रिय बक्सिङ प्रतियोगिता’

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक किलो २४७ ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सम्पर्कविहीन भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाचारमार्फत चरित्रहत्या गरेकाे भन्दै ९ वटा टेलिभिजनकाे नाम लिएर प्रेस काउन्सिमा आरजु

काँग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी काँग्रेस नेत्री आरजु राणाले समाचारमार्फत आफ्नाे चरित्रहत्या भएकाे भन्दै कारबाहीका लागि प्रेस काउन्सिललाई पत्र लेखिकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाचारमार्फत चरित्र हत्या गरेकाे भन्दै ९ वटा टेलिभिजनकाे नाम लिएर प्रेस काउन्सिलमा आरजु

‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रशारण भएका समाचारहरु तथ्यहिन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनसयले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरुलाई कानुनअनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ, काेही पनि बेचैन हुनुपर्दैन: गृहमन्त्री

‘बजेट, नीति तथा कार्यक्रममा व्यवस्था भएअनुसार भइरहेका काण्डहरू मात्रै हाेइन, कुनै पनि कालखण्डमा भएका काण्डहरूमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेकाे कुरा मैले सम्मानित सदनमा गराइसकेको छु। त्यस कारणले काेही पनि बेचैन हुनुपर्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तारा एयरले भन्याे- हाम्राे जहाजमा कुनै समस्या छैन, सामाजिक सञ्जालमा कसले हल्ला फैलाएकाे छ थाहा भएन

तारा एयरले अहिले जाेमसाेमका लागि उडान नै नगरेकाे जनाएकाे छ।‘अहिले जाेमसाेममा विमानस्थल नै बन्द छ, हाम्रा जहाज त्यहाँ कसरी जाउन्’, तारा एयरकाे केन्द्रीय कार्यालयकी सहायक अफिसर उर्मिला तण्डुलकरले बिएल नेपाली सेवासँग भनिन्, ‘तर, हामीले पनि देखिरहेका छाैँ, सामाजिक सञ्जालमा फैलिएका हल्ला, याे हल्ला कहाँबाट फैलिएकाे छ हामीलाइ थाहा भएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा प्रचण्ड र ओलीकाे ४ घण्टा बसाइ, के भयाे कुराकानी?

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टाभन्दा बढी समय बिताएर बाहिर निस्किएका छन्। प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारेमा छलफल भएको बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा माओवादी सांसदले भने- दुईजना नेता भेट्दैमा सत्ता फेरिँदैन (भिडियाे)

साेमबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सांसद सापकोटाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुँदाबित्तिकै सत्ताकाे समीकरण नै नबदलिने बताएका हुन्। राजनीतिक दलहरूका बीचमा संवाद हुने कुरा सकारात्मक भएकाे उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६० किलो सुन प्रकरण: थप २० जना पक्राउ, २ खर्ब ६६ अर्ब बढी बिगो दाबी

सीआईबीले ६० किलो सुन प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हाे। सीआईबी स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा थप २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं