बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ।
सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टाभन्दा बढी समय बिताएर बाहिर निस्किएका छन्।
प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारेमा छलफल भएको बताइएकाे छ।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ। कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चापछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ।
यसअघि आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया