
बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राईले १०औँ राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न्।
नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन्।
नेतृत्वमा माधवकुमार नेपाल निर्विकल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जवज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन्।
सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन्। त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन्। आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन्।
उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन्।
उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया