
दोस्रोपटक मन्त्री बने फणीन्द्र देवकोटा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा देवकोटाले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी दोस्रोपटक गण्डकी प्रदेशकाे मन्त्री बनेका हुन्।

बिएल संवाददाता - काठमाडौं