बिएल संवाददाता
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ।
बुधबार सीबीआईले रक्सी नीतिसम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो। बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए।
पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो। अदालतले सीबीआईलाई तीन दिन हिरासतमा पठाएको थियो। आज अर्थात् शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो।
केजरीवाललाई यसअघि मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा ईडीले गिरफ्तार गरेको थियो। राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर, ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो। त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया