
बिएल संवाददाता
टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी– २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन्।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी– २० विश्वकपको फाइनल खेल आफ्नो टी– २० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि, रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।
रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए।
कोहलीले भने, ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो। यो हामीले हासिल गर्न चाहेका थियौँ, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो। हामी यो कप उठाउन चाहन्थ्यौं। अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडि बढाउने छन्।’
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ। यसअघि भारतले टी- २० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया