
बिएल संवाददाता
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको मुद्धा मिलेमा जुनकुनै दलसँग मिलेर पनि सरकार बनाउन सकिने बताएका छन्।
सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकारमा जाने विषयमा छलफल नभए पनि देशको ठूलो दल भएकाले काँग्रेसले सरकार बनाउन सक्ने उनले बताए।
‘सत्ताका लागि मात्र काँग्रेस सरकारमा जाँदैन। देशको मुद्धा मिलेमा र दीर्घकालीन रुपमा सरकार चलाउन सकिने भएमा काँग्रेसले सरकार बनाउने विषयमा सोच्न सक्छ’, महतले भने।
उनले बैठकमा चाँडै केन्द्रीय समितिको बैठक बस्ने र भातृ संगठनलगायत महासमितिको बैठकका प्रस्तावहरू केन्द्रीय समितिले टुङ्गो लगाउने निर्णय भएको बताए।
साथै बैठकमा बिआरआइका सम्बन्धमा छलफल भएको बताउँदै उनले बिआरआइ अनुदान भए मात्र लिन सकिने र ॠण भए लिन नसकिने निर्णय भएको जानकारी दिए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया