मङ्गलबार, १६ सेप्टेम्बर २०२५

मनसुनजन्य विपद‍्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

मोरङमा चैते धान उत्पादनमा वृद्धि

मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो। चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

मुग्लिन-मलेखु सडक पुनः सञ्चालन

पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्नेगरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन्। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर फरार तीन जना पक्राउ

प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरोना भाइरसविरुद्धका१६ लाख ६८ हजार मात्रा खोप आयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ। स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घर–घरमा ‘डेंगु’

यी उदाहरण वर्षायाममा डेंगु कसरी घर–घरमा पुगेको छ भन्ने देखाउने उदाहरण हुन्। देशको राजधानी काठमाडौंमा डेंगुको बिरामी बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मेघालयमा 'नेपाली कामदारको हत्या', कोइलाखानीमा 'बुझेर' मात्र काम गर्न जान आग्रह

भारतको पूर्वोत्तर राज्य मेघालयको ग्रामीण क्षेत्रस्थित एउटा 'अवैध कोइलाखानी'मा काम गर्ने कम्तीमा एक नेपाली नागरिकको हत्या भएको पुष्टि भएसँगै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विष्णु पोखरेल

वर्षात्‌को समयमा लगाउन उपयुक्त फूलहरू

चमेली फूल– चमेली फूलको सुगन्धले तपाईंको मनलाई शान्त बनाउनेछ। यसलाई तपाईं फूलबारी तथा गमलामा पनि लगाउन सक्नुहुन्छ। विशेषगरी यो वर्षातको समयमा पनि लगाउन सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन: डा.भुसाल (अन्तर्वार्ता)

माननीयज्यूहरूले भनेको विषयमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन। किनकी उहाँहरूको ह्वाट्सएपमा बाढीको पूर्वसूचनादेखि हामी (कमाण्ड पोष्ट)ले के गरिरहेका छाैँ भनेर एसएमएस पठाइएको हुन्छ। तर माननीयज्यूहरूले नागरिकको ज्यान रक्षाका लागि चासो राख्नुपर्छ राख्नु राम्रो हो। अर्को के कुरा बिर्सनु हुँदैन भने जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

बलिउडकी अभिनेत्री अनन्या पाण्डे अभिनयभन्दा पनि आफ्नो ‘फिगर’ र पहिरनको कारण चर्चित छन्। अभिनेता चंकी पाण्डेकी छोरी उनी आफ्नो बोल्ड पहिरिनको कारण चर्चामा छाइरहन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० वटा मन्त्रालय

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजाको दुःस्वप्न

गाजाका बहुसंख्यक मानिसहरूलाई खाना, पानी, औषधिसहित जीवनका आधारभूत कुराहरूको अभाव छ। उनीहरूले शौचालयको लागि आफ्नो पाल नजिकै खाडल खन्ने चलन बढ्दै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

संसदीय समितिमा गभर्नरकाे सुझाव- सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाऔँ

सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद‍मा साङ्गीतिक सवाल–जवाफ: तिमीले पराई ठानेपछि, पराई हुन के भयो र...

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरोबीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अंकले घट्याे नेप्से

नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी-पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते, पाँच जना बेपत्ता

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिराेमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि केही दिनसम्म वर्षा कम हुने

विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता

जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट