
बिएल संवाददाता
मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो। चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए।
विगत दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६ सय मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो साल एक हजार दुई सयसम्म मूल्य पाइरहेको बेलबारी–७ का धान काँटा व्यवसायी लक्ष्मण चौधरीले जानकारी दिए।
अन्नको भण्डार मानिने मोरङमा गत वर्ष २२ हजार हेक्टरमा रोपाइँ भएकामा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको ज्ञान केन्द्रको तथ्याङ्क छ।
गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिएको हो। प्रमुख सिंहकानुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन्।
गत वर्ष मोरङमा प्रतिहेक्टर पाँच दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादनमा वृद्धि भई प्रतिहेक्टर पाँच दशमलव आठ मेट्रिक टन धान उत्पादन भएको समेत कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया