बिएल संवाददाता
मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो। चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए।
विगत दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६ सय मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो साल एक हजार दुई सयसम्म मूल्य पाइरहेको बेलबारी–७ का धान काँटा व्यवसायी लक्ष्मण चौधरीले जानकारी दिए।
अन्नको भण्डार मानिने मोरङमा गत वर्ष २२ हजार हेक्टरमा रोपाइँ भएकामा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको ज्ञान केन्द्रको तथ्याङ्क छ।
गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिएको हो। प्रमुख सिंहकानुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन्।
गत वर्ष मोरङमा प्रतिहेक्टर पाँच दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादनमा वृद्धि भई प्रतिहेक्टर पाँच दशमलव आठ मेट्रिक टन धान उत्पादन भएको समेत कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया