
गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको ‘हेड कोच’
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ। आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ