
बिएल संवाददाता
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ।
आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।
हालका मुख्य प्रशिक्षक द्रविडको सन् २०२४ को विश्वकपसँगै पदावधि सकिएको छ।
यस्तै बीसीसीआईका सचिव जय शाहले गम्भीरलाई स्वागत गर्दै उनी एक महान खेलाडी भएको बताएका छन्।
गम्भीर अहिले आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर छन्। खेलाडीको रूपमा उनले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए। उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरे।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया