बिएल संवाददाता
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ।
आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।
हालका मुख्य प्रशिक्षक द्रविडको सन् २०२४ को विश्वकपसँगै पदावधि सकिएको छ।
यस्तै बीसीसीआईका सचिव जय शाहले गम्भीरलाई स्वागत गर्दै उनी एक महान खेलाडी भएको बताएका छन्।
गम्भीर अहिले आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर छन्। खेलाडीको रूपमा उनले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेका थिए। उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सिजनहरूमा कोलकाताको कप्तानी गरे।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया