बिएल संवाददाता
मंगलबार (आज) सेयर बजार नेप्से बढेको छ। आज नेप्से परिसूचक १५.७९ अङ्क बढेर बन्द भएको हो।
मंगलबार २१५२.१४ विन्दुमा बन्द भएको नेप्सेको कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो।
सेन्सेटिभ इन्डेक्स ३.४७ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ। मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ। साथै युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्दा नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ।
नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ। १३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया