बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबी गरे।
‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो। विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ। त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु, २८ गतेसम्म धैर्यता राखिदिनका लागि’, उनले भने।
साथै सांसद यादवले दुई ठुला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए।
उनले संविधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया