मङ्गलबार, १६ सेप्टेम्बर २०२५

अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन्। नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँको ढलमा देखियो पोलियो जीवाणु

काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ। स्वास्थ्य सेवा विभागले आज काठमाडौँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए। दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए। ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो। नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो। नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘यौन शोषण’मा किन फस्दैछन् बालिका?  (भिडियाेसहित)

मानव बेचबिखन ब्यूराको ‘अप्रेशन’ परिवार धान्नका लागि यौन पेशा अपनाएका बालिकाहरू आफू पीडित भएको बताउँदैनन्, प्रहरीकहाँ उजुरी दिँदैनन्। ‘बालिकाहरूको उमेर सानो हुन्छ। उनीहरू राम्रो र नराम्रो छुट्याउन सक्दैनन्’, उनले भने, ‘त्यो पेशामा लागेपछि बालिकाहरूले खान, बस्न र पैसा पाउँछन्। त्यसैले रिर्पोट गर्न चाहदैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोहना नदीमा अलपत्र परेकाहरुको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

वर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढिमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए। उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ। पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘शेखरलाई सभापति बनाउन कोइराला परिवारबाटै प्रक्रिया सुरु भयो’

‘आज सुजाताजीले डा.शेखरकै सचिवालयमा आएर एकताको सन्देश दिनुभयो। डा.शेखरले यसअघि महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर पराजित हुनुभयो तर कोइराला परिवार एक भएको भए उहाँ विजयी हुनुहुन्थ्यो’, उनले भने, ‘अब तीन कोइराला मात्र होइन कोइरालाजस्तै हजारौं कार्यकर्तालाई एकै ठाउँमा हुनेछौँ। आजबाट प्रक्रिया सुरु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोल्पामा १२ वर्षे ‘शेल रिवो डुग्ड्रा मेला’ हुने

मेला शे-फोक्सुन्डो गाउँपालिका वडा नं ३ शेल सुम्दो गुम्बामा लाग्नेछ। ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको’ भन्ने मूल नाराका साथ मेलामा विभिन्न कार्यक्रम गरिनेछ। डोल्पोको प्राकृतिक, सांस्कृतिक र धार्मिक अवस्था बुझ्न मेला उपयुक्त अवसर बन्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरोध मात्र होइन, सरकारलाई सुझाव पनि दिनुहोस्: प्रधानमन्त्री ओली

‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरोध मात्र होइन, सरकारलाई सुझाव पनि दिनुहोस्: प्रधानमन्त्री ओली

‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पौडी खेल्ने क्रममा बेपत्ता भएका र माटोको ढिस्कोले पुरिएका ४ जनाको शव फेला

पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी ४ जनाको शव शुक्रबार सशस्त्र प्रहरीले निकालेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला एसिया कपमा नेपालको विजयी सुरुवात

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्र मन्त्रालयले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्

उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयले  उल्लेख गरेकाे छ। बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको समेत मन्त्रालयले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन्: अर्थमन्त्री पाैडेल

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले सरकार निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेइराला परिवार मिलेर कांग्रेसलाई एकढिक्का बनाम्: सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मैले कसैको भिसाको लागि अनुरोध गरेको छैन: उपसभामुख राना

केही युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेपछि उपसभामुख रानाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे दाबी गरेकी हुन्। उनले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ संसद भवन निर्माण सन्तोषजनक भएन: सभामुख घिमिरे

उनले भने, ‘समग्र हेर्दा यो कामको प्रगति सन्तोषजनक छैन। यसलाई समयमा नै सक्न गम्भीर भएर लाग्नुपर्छ। यसको प्रगतिको निगरानी गर्नको लागि एउटा समिति बनाउने र कार्य प्रगति विवरण लिनेगरी नजाने हो भने काम अगाडि नबढ्ने भयो। आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राख्यो भने सामान्य तहसम्म सम्पन्न हुनुपर्छ। होइन भने बद्नाम हुने अवस्था आउनु भएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रपति पौडेलद्वारा शुभकामनासहित बिदाई

फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

भेटका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं