बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित बिदाई गरेका छन्।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन्।
फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुँदै छन्।
नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया