बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र नभइ सरकारका काम कारबाहीका लागि सुझाव दिन पनि आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबारमा नेकपा (एमाले)ले तयार गरेको सुझाव पत्र ग्रहण गर्दै उनले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताए।
‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’
उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए।
एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया