
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र नभइ सरकारका काम कारबाहीका लागि सुझाव दिन पनि आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबारमा नेकपा (एमाले)ले तयार गरेको सुझाव पत्र ग्रहण गर्दै उनले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताए।
‘सुझावका लागि धन्यवाद दिन चाहन्छु। प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन, कार्य सम्पादन गर्न उपयोगी हुनेछ। यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन, रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो। सुझावले सरकारलाई मार्गदर्शन गर्नेछ। प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ।’
उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए।
एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया