बिएल संवाददाता
उपल्लो डोल्पाको शे-गुम्बामा हरेक १२ वर्षमा लाग्दै आएको ‘शेल रिवो डुग्ड्रा मेला’को ६७औँ संस्करण हुने भएको छ।
आगामी भदौ १६ देखि २१ गतेसम्म धुमधामका साथ मनाइने बिहीबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरिएको छ।
मेला शे-फोक्सुन्डो गाउँपालिका वडा नं ३ शेल सुम्दो गुम्बामा लाग्नेछ। ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको’ भन्ने मूल नाराका साथ मेलामा विभिन्न कार्यक्रम गरिनेछ। डोल्पोको प्राकृतिक, सांस्कृतिक र धार्मिक अवस्था बुझ्न मेला उपयुक्त अवसर बन्न सक्छ।
मेलामा शेल रिवो डुग्ड्राको परिक्रमा, बौद्ध धर्म गुरुहरूबाट अध्यात्म र वातावरणसम्बन्धी प्रवचन, अभिषेक र जीवन सशक्तिकरण सम्बन्धी कार्यक्रम हुनेछ। विभिन्न गुम्बाका मुखौटा र सांस्कृतिक नृत्यहरू प्रदर्शन गरिनेछ। त्यसैगरी वृत्तचित्र, परम्परागत कला र परिकारको प्रदर्शनी समेत हुनेछ।

घोडा दौड र तिरन्दाजी खेलहरू अवलोकन गर्न पाइनेछ। साथै अन्तरविद्यालय खेल प्रतियोगिता पनि गरिनेछ।
मेलाका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिए।
पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक धावा सम्डुक गुरुङ, गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ र नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलगायतले शे-मेलाको महत्वबारे प्रकाश पारेका थिए।

डोल्पामा खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिनेछ।
साथै मेलामा हस्तकला, परम्परागत साधनहरु, बुनाइका विधिहरु, निर्माण उपकरण, कलाकृति, चित्रकला साथै कला प्रस्तुति गरिनेछ। मेलामा तिलगँगा आँखा प्रतिस्थानको सहकार्यमा आँखा शिविरसमेत हुने आयोजकले जानकारी गराएको छ।
मेलामा सहभागी हुन डोल्पालीले सबैलाई निम्तोसमेत बाँडेका छन्। करिब १५ हजार तिर्थालुहरु मेलामा उपस्थित हुने आयोजकले लक्ष लिएका छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया