बिएल संवाददाता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले सरकार निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन्।
‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छु। समस्या आइसकेपछि समाधान गर्दै जाने हो। दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ। निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुपर्छ। निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछ। समस्याको आगो तापेर बस्दैन्, समाधान गरेर अघि बढ्छ। सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन। १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ। भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ’, उनले भने।
उनले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको पनि जानकारी दिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया