मङ्गलबार, १६ सेप्टेम्बर २०२५

विश्वभरीका एयरलाइन्सका सर्भरमा समस्या, उडानहरु रद्द

माइक्रोसफ्टको सर्भरमा आएको समस्याका कारण कयौँ एयरलाइन्सका विमानको उडानमा अवरोध आएको छ। साइबर सुरक्षा क्राउडस्ट्राईकमा आएको समस्याका कारण विश्वभरीको हवाई यातायात र कतिपय बैकिङ्क प्रणालीमा समस्या उत्पन्न भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेलाई ‘कम्फरटेबल’

काँग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौँ केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौँ उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौँमै बसेर लबिङ गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता भएका २३ यात्रुकाे शव फेला, १४ जनाको सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत असार २८ गते पहिराेमा परेर दुई वटा बससहित ६५ जना यात्रु बेपत्ता भएका थिए। प्रहरीका अनुसा हालसम्म २३ जनाको शव भेटिएकाे हाे। २३ मध्ये १४ जनाको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नवनियुक्त सञ्चारमन्त्री गुरुङ प्रेस काउन्सिलमा

नेपाल सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रेस काउन्सिल नेपालकाे कार्यालयमा पुगेका छन्। उनी शुक्रबार बिहान सञ्चारग्रामस्थित काउन्सिलकाे कार्यालयमा पुगेर छलफल तथा निरीक्षण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, परिवर्तन गर्न आएको हुँ: प्रधानमन्त्री ओली

‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो। म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति किन राेकियाे?

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएको समयमा महाधिवेशन नभए कांग्रेस धरासयी हुन्छ: शेखर कोइराला

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै

साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधीन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौँ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाइरल झरनामा रिल बनाउँदा चिप्लिएर युवतीको मृत्यु

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन्। इन्स्टाग्राम रिल बनाउने क्रममा झरनानजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संकटमा उपसभामुख

१७ महिनाअगाडि पाँच जना युवाकाे भिसाका लागि अन्तर्वार्ता समय मिलाइदिन भन्दै दूतावासमा गरेकाे सिफासिसपत्रलाई लिएर उनकाे राजीनामा मात्रै हाेइन कारबाहीकाे समेत माग गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्। हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप सुरु हुँदैछ। आजदेखि जुलाई २८, २०२४सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एसियाका ८ देशले भाग लिँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली टीममा रहेरै अपहेलित छबिलाल विश्वकर्मा

पार्टीको हरेक आन्तरिक संघर्षमा ओलीलाई छबिलालको विनाशर्त साथ छ । तर ओलीले आफूलाई साथ दिने नेताहरुलाई लाभको पदमा लगातार अवसर दिँदा छबिलाल सधैं छुट्दै आएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - सइन्द्र राई

बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन

मधेस प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ। आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ। मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरूको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ। मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो। असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

सिमलताल दुर्घटना: भौतिक पूर्वाधार मन्त्रालयद्वारा गठित समितिद्वारा स्थलगत अध्ययन

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस पहिराले बगाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन समितिले स्थलगत अध्ययन गरेको छ। मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले असार ३० गते झाको संयोजकत्वमा सडक विभागको ट्राफिक सुरक्षा शाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर प्रकाशचन्द्र भण्डारी र डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल सदस्य रहेको अध्ययन समिति बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ