मङ्गलबार, १६ सेप्टेम्बर २०२५

नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड

आइसीसीका एसोसियट देशमध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ। ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसदमा लैजान्छु: गृहमन्त्री लेखक

उनले भने, 'केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ। बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल

‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र  समाधान पनि गर्छ। आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो  पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस्। तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ अंकले बढ्याे नेप्से, १२ अर्बको कारोबार

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको उद्धार, डेढ घण्टापछि सञ्चालन

बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रुहरू फसेका थिए। केबलकारमा फसेकाे केही समयपछि सशस्त्र प्रहरीले ८ जना यात्रुलाई भर्‍याङ हालेर ओरालिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

उनले ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा एमालेकाे सचिवालयले जनाएकाे छ। ओलीले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ३१ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बङ्गलादेशमा कोटा विरोधी आन्दोलन चर्कियाे, बाहिर ननिस्कन नेपाली विद्यार्थीलाई दूतावासकाे आग्रह

बङ्गलादेशमा आरक्षण (कोटा) विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ। बुधबार सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे बन्दैछ न्युरोडको फुटपाथ (तस्बिरहरू)

संघीय सरकार र काठमाडौं महानगरपालिको द्वन्द्वका कारण रोकिएको न्युरोडको फुटपाथकाे काम फेरि सुरु गरिएको छ। मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौँलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूली बस दुर्घटनाकाे मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

सडक मानवमुक्त बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

aप्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’मा जहाज पल्टिएको जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा करिब डेढ लाख पुग्याे

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल पहिरो: गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा

सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ। अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा बेपत्ता बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदुतको भेटवार्ता

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतको आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि सुरु गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोपियो तुलसी

आषाढ शुक्ल एकादशीका दिन आज (बुधबार) नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयमा काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं