मङ्गलबार, १६ सेप्टेम्बर २०२५

कोरियाबाट फर्केर ५ लाखमा थाले व्यवसाय, दस वर्षमा भयो करोडको

दस वर्षमा त्यो व्यवसायको कुल पुँजी एक करोड रूपैयाँ नाघेको छ। सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ बचत हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - निर्मला घिमिरे

ठूला भ्रष्टाचारमा अख्तियारको नजर

'साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘हाइप्रोफाइल’लाई मुद्दा चलाएको छ । ठूला भ्रष्टाचारका उजुरीमाथि छानबिन गरेर उपल्लो तप्काका राजनीतिक व्यक्ति, पदाधिकारीदेखि कर्मचारीसम्मलाई मुद्दा अभियोजन गरेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

तीनवटा संसदीय समितिको बैठक बस्दै

महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बैंककको होटलमा ६ जना मृत फेला, विष खुवाइएकाे अनुमान

मिडिया रिपोर्टकाअनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए। प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ। तर, पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - थाइल्याण्ड

भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा दिइएकाे छ- माधव सापकाेटा (अन्तर्वार्ता)

सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा राेपिँदै

ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अन्नपूर्ण क्षेत्रमा एक वर्षमा दुई लाख २२ हजार पर्यटक

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न  गत आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन्। जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ। संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ। नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिति न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्कीको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ। अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो। सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

नदीमा बेपत्ता बालकको शव फेला

रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ। सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो। एक बेपत्ता थिए।  गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

बाढी-पहिरोमा परी हालसम्म १२० जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २० जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका वडा नं. २ का विकास योन्जन रहेका छन्। ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्य स्थानको खर्च कटौती गरेर भएपनि नागरिकको जीवन बचाउनुपर्छ: गृहमन्त्री

‘जनशक्तिको अभाव र कमिको लागि यहाँबाट त्यो प्रक्रिया अगाडि बढाउनु त्यसको लागि न्यूनतम जनशक्तिको पनि पहल गर्नेछु। सतर्क भएर काम गर्नुहोला आर्थिक कारणले मात्र गरेर काम राकिँदैन, रोकिनु पनि हुँदैन। अरु स्थानबाट कटौती गरेर भएपनि सबैभन्दा पहिला नागरिकको जीवन बचाउनुपर्छ। त्यसकारण आर्थिक व्यवस्थापनको कुरामा गम्भीर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा गर्नेछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीमाथि किन चल्यो डण्डा?

अधिकारी किन निलम्बनमा परे?उनीमाथि विश्वविद्यालयमा नियमविपरीत रजगज गरेको आरोप छ। ‘विश्वविद्यालयको गरिमामा आँच आउने गरी, हानी नोक्सानी हुने कार्य गर्नुभएकाले तपाइलाई कुलसचिवबाट निलम्बन गरिएको छ’, निलम्बन पत्रमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्ती हटाउने बाटाे खुल्याे, यस्ताे छ सर्वोच्च फैसला (पूर्णपाठ)

‘प्रदूषण नियन्त्रणकै सन्दर्भमा नदी किनारामा वसोवास गरेका व्यक्तिहरुको सरकारी जग्गा अतिक्रमण गरी बस्ने कुनै हक नहुने भए पनि वाध्यतामा परी विकल्प नभई वसेका वास्तविक सुकुम्वासीहरुको पहिचान गरी स्थानान्तरणको लागि हाल इचङ्गुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्नू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक र धार्मिक कारण जोडिन्छ: डा. अधिकारी (भिडियाे)

लुतो फ्याँक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार भएको धर्मसंस्कृतिबारे जानकारहरु बताउँछन्। असार महिनामा हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गरेको र साउन १ गते लुतो फ्याँक्ने चलन सुरु भएको मानिन्छ। यो प्रचलन कहिले कसरी शुरु भयो यकिन गर्न नसकिएपनि खस साम्राज्यबाट शुरु भयो भन्ने अनुमान गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो’

‘मुख्य सहरबजार केन्द्रित सहकारीमा समस्या आएको देखिन्छ। यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ’, उनले भने, ‘सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो। स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ। सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ। यसबारे पनि छलफल भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले गरे तीन विधेयक प्रमाणीकरण

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं