मङ्गलबार, १६ सेप्टेम्बर २०२५

समाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि मोर्चाको बैठक सुरु भएको हो। समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बसेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन बमोजिम आवश्यक सुधार गर्न तयार छु: कानुनमन्त्री चौरसिय

नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानुनबमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७० अंकले बढ्यो नेप्से

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैवाहिक बलात्कारको मुद्दामा गायक ओडले पाए सफाइ

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न उत्तरप्रदेश र बिहारसँग समन्वय

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो। यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सङ्खुवासभामा पहिरोमा पुरिएर सासु-बुहारीकाे मृत्यु, एक जना गम्भीर घाइते

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए। ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

गंगालाल अस्पताललाई ५ सय शैयामा विस्तार गरिन्छ: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५ सय शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटक, ब्रेन ड्रेन, अनि अब प्रदिप पौडेल ‘मन्त्री’

सामान्यतया शिक्षित व्यक्तिहरूले राम्रो तलब, अवसर, सेवा सुविधा र सहज बसोबासको आवश्यकता पूर्ति गर्न कुनै विशेष ठाउँ वा पेशा छोडेर अर्को ठाउँमा जाने स्थितिलाई 'ब्रेन ड्रेन' भनेर बुझिन्छ। त्यो रोक्नुपर्छ भन्ने मान्यतालाई प्रदीप पौडेलले चुनावी घोषणा पत्रमा मिसाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। मोर्चाको बैठक अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलामा कति?

सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुकुम पश्चिममा बाढीले घरमा पुरिँदा ३ बालिकाको मृत्यु, एक अझै बेपत्ता

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस लिने दुई प्राविधिक पक्राउ

कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलिले मोहन सिंह धामी र अशोक सिंह धामीलाई चार लाख १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको  हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच दिनपछि सिमलताल दुर्घटनास्थल पुगे रवि लामिछाने

मंगलबार बिहान उनी घटनास्थल भरतपुर महानगरपालिका- २९ सिमलतालमा पुगेका हुन्। त्यहाँ पुगेर रविले सुरक्षाकर्मीहरूसँग घटनाबारे विवरण लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परराष्ट्रमन्त्री राणालाई भेट्न देउवा निवासमा भारतीय राजदूत

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले देउवा निवास बूढानीकलकण्ठ पुगेर भेट गरेका छन्। उनी मंगलबार बिहान ९:१० बजे देउवा निवास पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बाढी, पहिरोलगायतका विपद्‍मा परेर ११३ जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्‍मा परेर काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज साउने संक्रान्ति

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए

महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं