बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन्।
बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वार्तामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्।
प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए।
उनले भने, ‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र समाधान पनि गर्छ। आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस्। तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’
यस्तै, उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुने बताए।
मानिसहरूको टुटेको मनोवललाई जोड्नुपर्ने दाबी गर्दै जनताको सरकारप्रतिको यो विश्वास टुट्न नदिने बताए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया