बिएल संवाददाता
आजदेखि महिला एसिया कप सुरु हुँदैछ। आजदेखि जुलाई २८, २०२४सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एसियाका ८ देशले भाग लिँदै छन्।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्दै छन्।
एसिया कपमा नेपाल समूह ए मा रहेको छ। नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ। भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दैछ। यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि सुरु हुँदैछ। त्यस्तै आज अर्को खेल समूह ए कै भारत र पाकिस्तानबीच खेल हुँदैछ। यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदैछ।
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया