प्रचण्ड कुर्दै ओली-देउवा, काठमाडौं आउनेवित्तिकै छलफलको तयारी
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्ने तयारी भएको बालुवाटार स्रोतले बतायो। प्रचण्ड यतिबेला तराई मधेस जागरण अभियानमा छन्। उनी आइतबार साँझ काठमाडौं फर्किने तयारीमा रहेको खुमलटार स्रोतले बतायो। स्रोतका अनुसार शीर्ष नेताहरूबीच टीआरसीको विषयमा मात्र छलफल हुनेछ। अन्य विषयमा माओवादीले छलफल नगर्ने स्रोतको दाबी छ। बालुवाटार स्रोतले भने उनीहरूबीच टीआरसीको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रम र राजावादीहरूको सक्रियताबारे पनि छलफल हुने बताएको छ।
बिएल संवाददाता - काठमाडौं