बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याईयोस्।’
त्यस्तै, उनले गत बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित भएको बताए।
उनले भने, ‘बैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा वाक्य प्रयोग गर्नुभयो कि ‘नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो। एक झापु लगाएँ। ठिक गरेर हिरासतमा पुराएँ’ उहाँप्रति आभारी छ कि स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। आग्रह गर्न चाहन्छु। आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउनुहोला। किनकी प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया