बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे।
उनले भने, ‘शिक्षक सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन्। उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउने रुपमा व्यवस्थापन नगरियोस्। तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस्।’
त्यस्तै, उनले नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले यसबारे सदनमा आएर जवाफ दिने वातावरण सृजना गर्न पनि माग गरे।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया