आन्दोलनको चौथो दिनः माइतीघरमा राजावादीहरू…
राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन जारी राखेका छन्। आइतबार राजधानीको माइतीघर क्षेत्रमा ब्यानरसहित राजावादीले प्रदर्शन सुरु गरेका छन्। राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि राप्रपाको अनुवाइमा राजावादीहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ। शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं