चारदेशीय सिरिज जित्न नेपालले पायो १७५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै
हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए। बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।
बिएल संवाददाता - हङकङ