चर्काे घाममा राजावादीको प्रदर्शन, ‘राजा फर्काउने’ अडान (तस्बिरहरू)
राजसंस्था पुनस्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गरेका छन्। जेठ १५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका उनीहरूले आज भने माइतीघर मण्डलामा गरेका हुन्। नवराज सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन'मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले सहभागी जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं