प्रमुख सचेतकहरूसँग सभामुखको छलफलः वैशाख अन्तिमसम्म ‘शिक्षा विधेयक’ पारित गर्ने तयारी
सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए। उनले भने, ‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं। वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरूको शुभकामनाबाट सुरु गर्नेछौं। सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं।’
बिएल संवाददाता - काठमाडौं