०८४ को निर्वाचनपछि सरकार ढल्छः ओली
एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरू आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे। उनले भने, ‘दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ ,राति नै ढल्छ। भोलि नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ। तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ। ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ। सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्। ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ। त्यो भन्दा अगाडि ढल्दैन्।’
बिएल संवाददाता - काठमाडौं