राजीनामाको दबाव झेल्दै गृहमन्त्री
यो प्रकरणपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आमनागरिकस्तरबाटै दबाव बढ्न थालेको छ। प्रतिपक्ष दलका सांसदहरूले समेत गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्। उनकै पार्टी नेपाली काँग्रेसभित्रै पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेको छ। शनिबार बिराटनगरमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पनि गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सजिलो बनाउनुपर्ने धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं