बिहिबार, २१ अगस्ट २०२५

एमाले ‘ब्राण्ड’ हो, राजनीति मात्र पद प्राप्त गर्नु मात्र होइनः विद्या भण्डारी

News Image
• • •

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एउटा ब्रान्ड भएकाे बताएकी छन्।

बिहिबार बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटनमा बाेल्दै उनले यस्तो बताएकी हुन्।

‘एकीकरण भएर मालेबाट एमाले भइसक्दा याे एउटा ब्रान्ड भइसक्यो,’ उनले भनिन्।

उनले राजनीति भनेकाे मात्र पद प्राप्त गर्नु नभएको बताइन्। ‘मेरो उदेश्य त्यो होइन देशको समस्या के हाे त्यसकाे समाधान गर्नुपर्छ। त्यही समस्याकाे कारणा युवाहरू निराशा माैलाएकाे छ। जननेता मदन भण्डारीले उठाएकाे सिद्धान्तले काम गर्छ र एमालेले मदन भण्डारीकाे सिद्धान्तअनुसमर काम गर्नुपर्छ तर अहिले मदनकाे सिद्धान्तअनुसमर काम भएकाे छैन,’ उनले भनिन्।

उनले मदन भण्डारीले उठाएकाे सिद्धान्तलाई पछ्याउँदै नगए कुनै सिद्धान्तले काम नगर्ने जिकिर गरिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!