बिएल संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरू शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित विगत, वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरू निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरू शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन। तर हामी डराउँन चाँही हुँदैन। मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ। यसमा सम्पूर्ण महिला संघको साथीहरूले साथ दिनुहुन्छ भन्ने आशा छ।’
मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरू जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाइन्। उनले अहिले आफू मन्त्रीको रुपमा उभिँदै गर्दा यस ठाउँसम्म आइपुग्न विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन्।
‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं। त्यसैले हाम्रो सामूहिक समस्याहरू पनि धेरै छन्। हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन। हामी अगाडि बढ्छौं, तर फेरी हामीलाई पछाडि धकेलिन्छ। यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं भने धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
महिलाको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ। नयाँ पार्टीले मन्त्री पद पनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरूले संघर्ष बुझ्न नसक्ने धारणा राखिन्।
महिलाहरूलाई अगाडि बढ्ने कुरामा आफू र आफ्नो पार्टीले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताइन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया