मङ्गलबार, १९ अगस्ट २०२५

उपसभामुखविरुद्ध महाअभियोगः शेखर पक्षद्वारा हस्ताक्षर कार्यक्रम ‘बहिष्कार’

News Image
• • •

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने सत्तारुढ दलको तयारीमा कांग्रेसका शेखर कोइराला पक्षधरले असन्तुष्टि जनाएको छ।

सिंहदरबारस्थित एमाले र कांग्रेसले संसदीय दलमा सांसदहरूलाई उर्दी जारी गर्दै हस्ताक्षर गराएका थिए। तर, कांग्रेसका कोइराला पक्षका सांसदहरू भने हस्ताक्षर कार्यक्रममा सहभागी भएनन्।

त्यसो त उपसभामुखविरुद्ध हस्ताक्षर संकलनबारे छलफलका लागि मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पनि शेखर कोइराला सहभागी भएनन्।

सोमबार साँझ बालुवाटारमा बसेको कांग्रेस र एमालेका नेताहरूबीचको बैठकमा पदअनुसारको आचरण नगरेको भन्दै उपसभामुखविरुद्ध महाअभियाेग लगाउने सहमति गरेका थिए।

प्रधानमन्त्री ओलीसँग कांग्रेस उपसभापति पूर्णबहादुर, गृहमन्त्री रमेश लेखकलगायत नेताहरूले छलफल गरेका थिए।

संवैधानिक परिषदमा नेपाली कांग्रेसको उपस्थिति जनाउन देउवाले आफ्नो भाग खोजेपछि प्रधानमन्त्री ओली उपसभामुखलाई हटाउन राजी भएका हुन्।

त्यसो त संवैधानिक परिषदमा प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा देखिन्छन्। मानव तस्करी प्रकरणमा मुछिएको आरोपपछि उबेलै कांग्रेस-एमालेलगायत दलले उपसभामुखलाई हटाउन कसरत गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!