बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताएका छन्।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको? भन्दै प्रश्न गरेको भन्दै जनताले भोट हालेपछि के गर्ने मैले? भन्दै प्रतिप्रश्न गरे।
उनले भने, ‘यहाँ धेरै साथीहरूले कुरा उठाएका छन् अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने? कति प्रधानमन्त्री भइरहने? म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो म। त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिल्यै पनि। सौभाग्यले कहिले पनि हारेको छैन।’
त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हराउन पार्टीका नेताहरू नै आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए। जनताभन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवा गरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए।
‘धेरै पार्टीका नेता साथीहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेल्धुराबाट हार्छ भनेका थिएँ, तै पनि जितेको छु। त्यसैले जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न जनता भनेका छौं। जनता देशको मालिक हो। जनता भन्दा ठूलो कोही छैन। त्यसैले सबै साथीहरूले जनताको सेवा गरौं जनताको मन जित्ने काम गरौं,’ उनले भने।
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया