श्याम घिमिरेको माग- यौन व्यवसायलाई व्यवसायीकरण गरौं, पर्यटक बढ्छन्
घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटकको संख्या बढाउनुपर्ने माग गरेका हुन्। त्यस्तै उनले उनले मन्दिर तथा धार्मिकस्थल वरपर मदिराजन्य पसलहरू राख्न नदिने र यसका लागि निश्चित ठाउँ छुट्याउनुपर्ने बताए। उनले भने, ‘धार्मिक क्षेत्रमा पूर्णरुपले मदिरा, मासुजन्य पदार्थहरू प्रतिबन्ध गर्नुपर्छ। तर, व्यवसायिक विकासका लागि निश्चित ठाउँहरू तोकेर जानुपर्छ। मदिराको लागि छुट्टै, मनोरञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ। मैले त बारम्बार भन्ने गरेको छु- यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ।’
बिएल संवाददाता - काठमाडौं