शनिबार, २४ जनवरी २०२६

बहुविवाह कसुरमा पक्राउ परे डीएसपी मधु नेपाल

बिएल संवाददाता

बिएल संवाददाता

रुपन्देही
News Image
• • •

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन्।

नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको हो।

डिएसपी नेपालले एक युवतीसँग बिहे गरेर लुकाएको दाबीसहित उनकी पत्नीले रुपन्देही प्रहरीमा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको रुपन्देही प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!