मङ्गलबार, ११ नोभेम्बर २०२५

वैदेशिक अध्ययनको नाममा बाहिरियो आधा खर्ब बढी रकम

६ महिनाको समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपैयाँले बढी हो। समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ’

६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त  ऋतुलाई लिइन्छ। धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई  बलवान मानिएको छ। बलवान भएकै कारणले आ-आफ्नो आयू र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ। यही बसन्त ऋतुबाट चाँही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो’

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।   सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋषिकेश पत्नी जोडिएको सहकारीका अध्यक्ष कारागार चलान

मुख्य आरोपी रौनियारकै सक्रियतामा उमागौरी सहकारी स्थापना भएको थियो। सो सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि जोडिएकी छन्। रौनियार र कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो। २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

झापाको दमकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ जना पक्राउ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माणको विरोध गर्दै मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

दललाई नसोधी एमाले सचेतक कसरी पुगिन् अफ्रिका?

सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरधाममा व्यवसायमाथि रड प्रहार, अवस्था घाइते

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि फलामका रड प्रहार भएको छ। बरहथवा नगरपालिका–८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि एक समूहले रड प्रहार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रभु साहविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। केही दिनअघि उनले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी बन्दको प्रभाव- केही जिल्लामा राजमार्ग अवरुद्ध

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक सिरिज- आज नेपाल र नेदरल्याण्ड्स आमने-सामने

नेपाल अझै पनि पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। दुवै टोली सिरिजमा दोस्रो पटक आमने-सामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु (नामावलीसहित)

भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

प्रधानमन्त्रीका एक साता: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

हप्ताको पहिलो दिन आइतबार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे। ‘साना र ठुला राष्ट्रको हित समान हित हो’ भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिवद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्डसँग नेपाल पराजित, इन्दुको जीवनदानमा नन्नपतको अर्थशतक

पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्ड, भन्छन्- माओवादीको पक्षमा देशव्यापी लहर सुरु भयो

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा अर्को विमान दुर्घटनाः यात्रुहरू जीवित नरहेको आशंका

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - एजेन्सी

आफूनिकट विद्यार्थी नेताहरूलाई जनार्दनले दिए ‘रात्रिभोज’

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकरले’ अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित आफूनिकट विद्यार्थी नेताहरूको छुट्टै भेला आयोजना गरेका छन्। संस्थापक इतर समूहको नेतृत्व गर्दैआएका उनले क्रान्तिकारीको निर्वाचनमा आफ्नो समूहबाट निर्वाचित ‘पदाधिकारी—सदस्य’ र ‘पराजित उम्मेदवार’हरूलाई मात्रै बोलाएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ। आज बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो।  बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो लिटरको?

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो। निगमले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ। डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जालसम्बन्धी विधेयकमा विश्वप्रकाश शर्मा र महेश बर्तौला आमने-सामने

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याएको कुरा गलत भएको भन्दै नियमन गर्नको लागि विधेयक आएको उल्लेख गरे। उनले भने, ‘मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याउँदैछ भन्ने जसरी प्रचार गरिरहनु भएको छ यो कुरा मिलेको छैन्। सरकारले वाक स्वतन्त्रतालाई वा मिडियालाई नियन्त्रण गर्नको लागि होईन नियमन गर्नको लागि विधेयकहरूको बारेमा छलफल चलाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेश भन्दैमा गलत नै हुन्छ भन्ने छैन : महामन्त्री शर्मा

विगतमा कांग्रेसले प्रतिक्षमा रहेर पनि सरकारले ल्याएको विधेयकलाई सहज रुपमा स्वीकार गर्दै पारित गर्न सघाएको उल्लेख गर्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन। विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन। अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ, अहिले बोलेन भन्ने कुरा पनि छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं