संखुवासभाको सिलिचुङ–१ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सरकाले प्रहरी परिचालन गरेर तीब्र दमन गर्न खोजेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ।
नेपाल प्रहरीले सोमबार बिहान सिलिचुङ गाउँपालिकास्थित सिसुवाखोलामा सुरक्षाकर्मी माथि विप्लव माओवादीका कार्यकर्ताले एक्कासी आक्रमण गरेको भन्दै काठमाडौंबाट थप सुरक्षाकर्मी नेपाल आर्मीको हेलिकोप्टरबाट संखुवासभा पठाएको थियो।
प्रहरीले विप्लव माओवादीका कार्यकर्ताले अन्धाधुन्ध गोली प्रहार गरेको दावी समेत गरेको थियो।
सोमबार साँझ विप्लव माओवादीका प्रवक्ता प्रकाण्डले सार्वजनिक गरेको विज्ञप्तीमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेको आफ्नो कार्यकर्ता माथि सरकारले प्रहरी परिचालन गरेको आरोप लगाइएको छ।
विज्ञप्तीमा सरकारले दमन तत्काल बन्द नगरे शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिइएको छ।
प्रकाण्डको हस्ताक्षरसहितको विज्ञप्तीमा सरकारले एकातिर शान्ति र लोकतन्त्रको कुरा गरेको र अर्कोतर्फ आफ्नो कार्यकतालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने जस्ता निन्दनीय कार्य गरेको आरोप लगाइएको छ।
संखुवासभामा विप्लव माओवादीका कार्यकर्तासँग भिड्न्तका लागि नेपाल प्रहरी अहिले हाई–अलर्टमा रहेको छ। काठमाडौंबाट थप सुरक्षाकर्मी संखुवासभा पुगेपछि विप्लव कार्यकर्ताविरूद्ध प्रहरीले सर्च अभियानलाई जारी राखेको छ।
प्रवक्ताको वक्तव्यमा अगाडि भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । अविलम्ब यो दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’
विज्ञप्तिको पूर्णपाठ