राष्ट्रपति भण्डारीको राजकीय भ्रमणः आधा घण्टा विमानस्थल अवरुद्द, बाटै भरी जामै जाम

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यान्मार प्रस्थान गरेकी छिन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा उनि बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान साढे १० बजे म्यानमार उडेकी हुन् ।

राष्ट्रपति भण्डारीको सुरक्षालाई मध्यनगर गर्दै बिहान १० बजेर २० मिनेटदेखि १० बजेर ५० मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द गराइएको थियो।

त्यसअघि ९ बजेर ४० मिनेटदेखि १० बजेर ४० मिनेटसम्म शिवपुरी, बालुवाटार, नक्साल भगवती, ज्ञानेश्वर, रातोपुल, गौशालालगायतका ठाउँमा पनि गाडी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-16 11:41:38

प्रतिकृया दिनुहोस्