संविधान दिवसको अवसरका दर्जनभन्दा बढी पत्रकार बिभूषित हुँदैछन् । संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दर्जन बढी पत्रकार मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुन लागेका हुन् ।
बिभूषित हुने पत्रकारमा माधव नेपाल, राजेन्द्र अर्याल, गगन विष्ट, बलराम थापा, गंगा बराल, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल र देवराम यादव रहेका छन्।
त्यसैगरी लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी, गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल र छेटु शेर्पा पनि विभूषित हुने सूचीमा छन् ।