श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा जित्नैपर्ने दबावमा रहेको नेपाली युवा टिम अहिले बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ।
कोलम्बोमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मध्यम सुरुवात गरेको छ।
नेपालका लागि पवन सरार्फले अर्धसतक बनाएर खेलिरहेको खेलमा ओपनर रित गौतम ३२ रनमा आउट भएका थिए।
त्यसपछि कुशल मल्ल ३२ बलमा २८ रन बनाएर आउट भए। यसअघि आसिफ शेख ३ रनमा आउट भएका थिए।
नेपालले पहिलो विकेटका रुपमा गौतम र सरार्फले ४५ रनको साझेदारी गरेका थिए। तर, गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो।
त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरिँदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो। त्यसपछि सरार्फलाई राम्रो साथ दिइरहेका कुशल मल्ल लामो सर्ट खेल्ने क्रममा २८ रनमा आउट भए। उनल पवन सरार्फसँग ३९ रनको साझेदारी गरेका थिए।
त्यसपछि चौथो नम्बरमा कप्तान रोहित पौडेल क्रिजमा आएका छन्। उनले पवनसँग अर्धसतकीय साझेदारी गर्दै राम्रो साथ दिइरहेका छन्।
सरार्फले ७७ बलमा अर्धसतक पुरा गरेका थिए।