सिंगापुरमा जारी आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र मलेसियाबिचको खेलमा वर्षा रोकिएको छ।
वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ ।
ओभर छोट्याएर खेल हुने भए पनि यद्यपी आधिकारिक जानकारी आइसिसिले दिएको छैन।
नेपाली कप्तान पारस खड्का खेल्ने नखेल्ने अन्यौल छ। पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि दोस्रो इनिङमा बाहिर बसेका थिए।
स्थानीय मौसम पूर्वानुमानका अनुसार सिंगापुरमा २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको थियो। अहिले पानी पर्न रोकिएसँगै मैदानको कभर हटाइएको छ।
कम्तिमा पनि ११:५७ बजे खेल सुरू भइसकेको हुनुपर्नेछ। नेपाली समय ९:४२ सम्म सुरु हुनुपर्ने नेपाली टोलीले खेलअघि वार्मअप गरेपनि टस हुने निर्धारित समयभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको थियो ।
नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नै पर्ने हुन्छ । वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ।